दफा १६
प्रमाणपत्रको अवधि र नवीकरण
(१) दफा १४ बमोजिम दिइएको प्रमाणपत्रको अवधि पाँच वर्षको हुनेछ ।
(२) प्रमाणपत्र नवीकरण गर्न चाहने व्यक्तिले प्रमाणपत्रको अवधि समाप्त हुनुभन्दा साठी दिन अगावै तोकिए बमोजिमको दस्तुर संग्लन गरी परिषद् समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम निवेदन प्राप्त भएमा परिषद्ले आवश्यक जाँचबुझ गरी प्रमाणपत्र नवीकरण गरिदिन सक्नेछ ।
(४) प्रमाणपत्र नवीकरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।